भारतमा व्यापक विरोध भइरहेको ‘अग्निपथ’ योजना के हो ? – Nepal Press

भारतमा व्यापक विरोध भइरहेको ‘अग्निपथ’ योजना के हो ?

काठमाडौं । भारतमा हाल ‘अग्निपथ’ नामक योजनालाई लिएर व्यापक विरोध भइरहेको छ । भारतको केन्द्रीय सरकारले मंगलबार ‘अग्निपथ’ योजना सार्वजनिक गरेसँगै राजस्थान, बिहार, आसामलगायतका सहरहरुमा उग्र प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सडक जाम गर्नेदेखि रेलमा आगो लगाउनेसम्मका कार्य गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाल चर्को विरोधको सामना गरिरहेको उक्त योजना भारतीय सेनामा भर्ती हुनका लागि केन्द्र सरकारले अगाडि सारेको योजना हो । अन्तर्राष्टिय सञ्चारमाध्यम बीबीसीले जनाएअनुसार उक्त योजनामा साढे १७ वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरुले ४ वर्षका लागि मात्र सेनामा भर्ती हुन पाउने प्रावधान रहेको छ । उक्त समयावधिपश्चात ७५ प्रतिशत युवाहरुलाई फिर्ता पठाइने जनाइएको छ।

सेनामा पूर्णकालीन सेवा गर्न नपाउने प्रावधानको कारण उक्त योजनाको चर्को आलोचना भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो योजनाले देश सेवाको भावना भएका युवाको भविष्य अन्धकारमा जान सक्ने भएको हुँदा केन्द्र सरकारले यस योजनालाई तत्काल खारेज गर्नुपर्ने प्रदर्शनकारीहरुको माग रहेको छ ।

भारत सरकारले विगत लामो समयदेखि सेना भर्ती प्रक्रिया रोकेको र अचानक यस किसिमको योजना अघि सारेको हुनाले विशेषगरी सेनामा भर्ती हुने तयारी गरिरहेका युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर