प्रधानमन्त्री देउवाकाे तर्फबाट गृहमन्त्री खाणको जवाफ- एसपीपीमा नेपाल सहभागी हुँदैन – Nepal Press

प्रधानमन्त्री देउवाकाे तर्फबाट गृहमन्त्री खाणको जवाफ- एसपीपीमा नेपाल सहभागी हुँदैन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बताएका छन् । विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूकाे प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाकाे तर्फबाट प्रतिनिधिसभामा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनै सक्दैन ।’

गृहमन्त्री खाणले एमसीसी र एसपीपी फरक-फरक भएको बताए । ‘केही माननीयजीले एमसीसीकै कारण एसपीपी आएको भने । दुबै एक होइनन’, उनले भने, ‘एमसीसी हामीले सुरुदेखि नै पास गर्छौ भन्यौँ, गर्‍यौं । अब एसपीपीमा नेपाल जाँदैन भनिरहेका छौँ । जाँदैन जाँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर