कालीगण्डकीमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाको उद्धार
नेपाल प्रेस
२०७९ असार २ गते २३:०७
रूपन्देही ।कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ ।
र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो भागबाट उद्धार गरिएको प्रहरी चौकी रानीमहलका प्रमुख दधिराम कार्कीले जानकारी दिए ।
उनका अनुसार सबैको अवस्था सामान्य छ । याफ्टिङ गर्नेहरू एक जना भैरहवाका र बाँकी भारतको गोरखपुरका रहेका छन् ।
प्रतिक्रिया