ताप्लेजुङमा पहिरोले घर पुरिएर सासू–बुहारी बेपत्ता
नेपाल प्रेस
२०७९ असार ३ गते ७:२३
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति घरमाथिबाट झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।
तुलसा सासू र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए ।
पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरिएको बताइएको छ । थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठूल्ठूला पहिरो झरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर