एसपीपीको ‘च्याप्टर क्लोज’ भइसक्यो: परराष्ट्रमन्त्री खड्का – Nepal Press

एसपीपीको ‘च्याप्टर क्लोज’ भइसक्यो: परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भइसकेको बताएका छन् ।

मन्त्री खड्काले संसदीय समितिको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा नेपालले एसपीपी अगाडि नबढाउने स्पष्ट पार्दै एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् ।

उनले एसपीपी अगाडि नबढाउने भएपछि यसलाई थप खोल्नुको अर्थ नभएको बताए ।

उनले भने,’एसपीपी नेपालले अगाडि बढाउँदैन भनेर सरकारको आधिकारिक धारणा सार्वजनिक भइसक्यो । प्रधानमन्त्रीले पनि हुदैन भनिसक्नुभएको छ । कुन तहबाट एसपीपी अगाडि बढाउँदैन भनेर भन्नुपर्ने हो कति पटक भन्ने हो । अगाडी नबढाउने भएपछि च्याप्टर क्लोज भइसकेको छ । यसलाई के हो भनेर खोतल्न पर्ने आवश्यक छैन । एउटै विषयमा कोट्याउनुहुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर