टुटल, पठाओजस्ता राइड सेयरिङ वागमती यातायातमा दर्ता हुनुपर्ने
नेपाल प्रेस
२०७९ असार ३ गते १२:४५
काठमाडौं । राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब वागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।
आर्थिक विधेयकमार्फत टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई समेट्दै आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने जनाइएको छ ।
विद्युतीय सूचना प्रणाली (एप) मार्फत दुईपांग्रे सवारीमात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपांग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार बुझाउनुपर्नेछ ।
एपमार्फत दुई पांग्रे र चार पांग्रे दुवै सवारी भाडामा उपलब्ध गराउने कम्पनीको दर्ता शुल्क ७० हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर