मन्त्री आलेलाई रावलको कटाक्ष- गाली शिरोमणीको उपाधिले विभूषित गरौं – Nepal Press

मन्त्री आलेलाई रावलको कटाक्ष- गाली शिरोमणीको उपाधिले विभूषित गरौं

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ‘गाली शिरोमणि’ को उपाधिले विभूषित गरौँ भनेर कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सभ्य संस्कृतिको संरक्षण र नयाँ संस्कृतिको निर्माणका लागि संस्कृति, पर्यटन मन्त्रालय बनाइएको हो,’ सांसद रावलले भने,‘सामाजिक मूल्य मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्रीजस्तो गरिमामय पदमा रहेर कहिल्यै सर्वसाधारण र कहिल्यै आफ्ना मातहतको कर्मचारीसँग बोकेको शब्द र गरेको व्यवहारले हाम्रो समाजलाई नै बेइज्जत गरेको छ ।’

यस्ता मन्त्रीलाई मन्त्रीबाट हटाएर गाली शिरोमणिको उपाधि दिनुपर्ने उनको प्रस्ताव छ ।

‘यस्ता गाली शिरोमणिलाई संस्कृतिमन्त्रीको सट्टा गाली शिरोमणीको उपाधिले विभूषित गर्न हुन हार्दिक अनुरोध गर्दछु,’ रावलको भनाइ थियो ।

आलेको अश्लील शब्द प्रयोग गरी गाली गरेको अर्को अडिओ आज सार्वजनिक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर