१२ वर्षीया बालिका फरक-फरक मितिमा बलात्कृत, महिनावारी रोकिएपछि बाहिरियो घटना – Nepal Press

१२ वर्षीया बालिका फरक-फरक मितिमा बलात्कृत, महिनावारी रोकिएपछि बाहिरियो घटना

कैलाली । बझाङ बुंगल नगरपालिकाकी एक १२ वर्षीया वालिका बलात्कारको सिकार भएकी छन् । फरक-फरक मितिमा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

१२ वर्षीया बालिका पहिलो पटक १६ वर्षीय किशोरबाट पौष २४ गते बिहान बलात्कृत भएको प्रहरीको भनाइ छ ।

‘पीडकको घरमा गएको बेला बालिका बलात्कृत भएको अनुसन्धानबाट खुलेको छ’ जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले भने ‘घरमा कोही नभएको मौका छोपेर गरिएको देखिन्छ ।’

दोस्रो पटक ती बालिका जेठ १५ दिउसो २ बजे बलात्कृत भएको प्रहरी निरीक्षक ढुंगानाले बताए । १५ गते १४ वर्षीय युवकले बलात्कार गरेको पीडितले प्रहरी समक्ष बयान दिएकी छन् । त्यही दिन दिउसो ४ बजे अर्का १५ वर्षीय युवकले बलात्कार गरेको पुष्टि भएको छ ।

१५ वर्षीय युवकले बालिकालाई शौचालयमा बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ।

तीन युवकबाट फरक फरक मितिमा बलात्कृत भएकी बालिकाले घटनाबारे कसैलाई जानकारी गराएकी थिइन् । तर, नियमित महिनावारी नभएपछि घटना बाहिर आएको प्रहरी निरीक्षक ढुङ्गाना बताउँछन् ।

‘ २० गते महिनाबारे हुनु पर्ने भइन भनेर परिवारका सदस्यहरूलाई भने पछि घटनाबारे परिवारका सदस्यले थाहा पाएका हुन् ’ प्रहरी निरीक्षक ढुंगानाले भने ‘ हामीले आरोपी सबैलाई पक्राउ गरेर म्याद थप गरेका छौँ ।’

१५ गते बलात्कार गर्ने दुवै युवकहरू आफन्त हुन् । तर, उनीहरूले योजनबद्ध रूपमा बलात्कार गरेको भन्ने बारे नखुलेको प्रहरीको भनाइ छ ।

‘दिउसो एक जनाले बलात्कार गरेर घर जान्छ, साँझ फेरी कुलो नजिकै काम गरिरहेको बेला शौचालयमा बलात्कार गरेको देखिन्छ’ , प्रहरी निरीक्षक ढुंगानाले भने ।

आरोपी तीन जना १४,१५ र १६ वर्षका छन् ।

उनीहरूलाई वाल निगरानी कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध जबरजस्ती करणीमा मुद्दा चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *