रेशम चौधरीलाई भेट्न डिल्लीबजार जेलमै पुगे सिके राउत – Nepal Press

रेशम चौधरीलाई भेट्न डिल्लीबजार जेलमै पुगे सिके राउत

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जेलमै पुगेर निलम्बित सांसद रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल गर्न डा. राउतले चौधरीलाई भेटेका हुन् ।

असार २ गते काठमाडौंको डिल्लीबजार जेलमा चौधरीसँग भेटघाट गरेको र दुई पार्टी गठबन्धन गरी अगाडी बढ्ने कुरामा भएको छलफल सकारात्मक रहेको डा। राउतले उल्लेख गरेका छन् ।

पुराना पार्टीहरूले पटक-पटक सम्झौता, वार्ता र आश्वासनका नाममा आन्दोलनकारी शक्तिहरूसँग पटक-पटक धोखा मात्रै दिएको गुनासो चौधरीले गरेको पनि डा। राउतले सचिवालय पेजमा लेखेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि डा. राउत विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् ।

स्थानी तहको चुनावमा अन्य दलसँग गठबन्धन नगर्दा परिणाम सन्तोषजनक नआएको भन्दै आसन्न निर्वाचनमा मधेसी दलसँग गठबन्धन गर्ने जनमत पार्टीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर