सामूहिक बलात्कार प्रकरण : समातिए कान्छी परियार, अर्जुन अझै फरार
दाङ । तुलसीपुरमा सुस्तमनस्थिति भएकी युवतीलाई सामूहिक बलात्कारका आरोपी कान्छी परियार पनि पक्राउ परेका छन् ।
कान्छीलाई प्रहरीचौकी बसपार्क र बेलुवाको संयुक्त टोलीले तुलसीपुर ९ बेलुवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।
उनका अनुसार सामूहिक बलात्कारमा संलग्न दुई र एकजना मतियार गरी पक्राउ पर्नेको संख्या तीन पुगेको छ । बलात्कारमा संलग्न शंकर विक र मतियार कमल चौधरीलाई आज बिहान पक्राउ गरिएकाे उनले बताए ।
उनीहरूले तुलसी उपमहानगरपालिका- ५ न्युरोडकी २५ वर्षीया रमिता मगर (नाम परिवर्तन)लाई सशस्त्र बेसक्याम्प नजिकै बिहीबार राति बलात्कार गरेका थिए । बलात्कारमा संलग्न अर्जुन परियार फरार छन् । उनको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।