संसदीय समिति छलेर सत्ता गठबन्धनको बैठकमा देउवा
काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएकाे छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे प्रेस संयाेजक सूर्य किरणले बालुवाटारमा गठबन्धनको बैठक शुरु भएकाे बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठकमा छलफल गर्न लागेको बताइएको छ ।
नेकपा एसका अध्यक्ष माधव नेपालपनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकबाट निस्केर गठबन्धनको बैठकमा पुगेका छन् ।
प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाए पनि उनी त्यहाँ भने गएनन् ।
यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद बंक गरेका थिए ।