सभापति निरौलाको आशंका – एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? – Nepal Press
अन्तर्राष्ट्रिय सबन्ध समिति

सभापति निरौलाको आशंका – एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशंका व्यक्त गरेकी छन् ।

समितिको आइतबारको बैठकमा उनले एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा धारणा नदिएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोलाएको उनले बताइन् ।

‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौं । सदनमा कुरा उठेको थियो तर प्रधानमन्त्रीले सदनमा आफ्नो धारणा दिनुभएन । सम्बन्धित समिति भएको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कारणले गर्दा प्रधानमन्त्रीलाई आमन्त्रण गरेका हौं । उहाँको तर्फबाट जवाफ पाउने आशा र अपेक्षा गरेका हौं । हामीले के चाहेका थियौं भने प्रधानमन्त्री सेनापति र परराष्ट्रमन्त्रीलाई बोलाउने भनेका हौं,’ उनले समिति बैठकमा भनिन्, ‘कतिपय सवाल अतिरञ्जित भएर आएका होलान्, कतिपय सवाल गलत ढंगले आएका होलान् ती सबैको जवाफ आधिकारिक रूपमा आओस् भन्ने हाम्रो धारणा हो ।’

निरौलाले नेपाल सधैँ स्वतन्त्र रहन चाहेको बताइन् ।

‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो । प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौं । एमसीसी ब्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? यस्तो आशंका जनताले पनि गरिरहेका छन् । नेपाल सधैँ स्वतन्त्र रहन चाहन्छ,’ उनले भनिन् ।

समितिको आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई आमन्त्रण गरे पनि उनी अनुपस्थित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर