स्वतन्त्र सांसद देवकोटाको प्रश्न- पारदर्शी हुनुपर्ने व्यवस्थापिकालाई मात्रै हो, सरकार र अदालतलाई पर्दैन ? – Nepal Press

स्वतन्त्र सांसद देवकोटाको प्रश्न- पारदर्शी हुनुपर्ने व्यवस्थापिकालाई मात्रै हो, सरकार र अदालतलाई पर्दैन ?

काठमाडौं । राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले सरकारका तीन अंगमध्ये व्यवस्थापिकामात्रै पारदर्शी रहेको बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गत आजको बैठकमा बोल्दै उनले कार्यपालिका र न्यायपालिका अपारदर्शी रहेको दाबी गरे ।

‘राज्यका तीन अंगमध्ये पारदर्शी हुनुपर्ने व्यवस्थापिकालाई मात्र हो ? सरकार र अदालतलाई हुनुपर्दैन ?’, उनले भने, ‘संसदको बैठक जीवन्त हुन्छ, संसदीय समितिका बैठक पनि जीवन्त र पारदर्शी छन् ।’

तर, सरकार र अदालतका काम भने निकै अपारदर्शी र अनियमित भएको सांसद देवकोटाले दाबी गरे । उनले भने, ‘क्याबिनेट बैठकका निर्णय पनि लुकाइन्छ । अदालतको कुरै नगरौं । सञ्चारमाध्यममा आएका समाचार मान्ने हो भने अदालतमा जति विकृति र अनियमितता अन्त कहीं पनि छैन ।’

सरकारका मन्त्रीहरूको त कुरा नै गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ । ‘मन्त्रीहरू निर्णय लुकिछिपी गर्छन्, सार्वजनिक गर्दैनन् । जनतालाई थाहा दिँदैनन्’, उनले भने ।

सुरुवाती अवस्थामा एमसीसीको निर्णण लुकिछिपी गरिएको भन्दै उनले अहिले एसपीपीमा पनि त्यहीँ गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर