प्रधानमन्त्रीको कारण संसदीय समितिमा विवाद चर्कियो, सांसदहरूबीच बाझाबाझ – Nepal Press

प्रधानमन्त्रीको कारण संसदीय समितिमा विवाद चर्कियो, सांसदहरूबीच बाझाबाझ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर सांसदहरू नै पक्ष र विपक्षमा उभिएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा तनाव उत्पन्न भएको छ ।

देउवाको अनुपस्थिति अनुचित भएको भनेर सभापतिले निर्णय सुनाउन लागेपछि कांग्रेस सांसद पुष्पा भुसालले संसदीय मर्यादा विपरीत भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेर संसदीय प्रणालीलाई बिथोल्न पाइँदैन भनेपछि विवाद चर्किएको हो ।

लगत्तै एमाले सांसद भीम रावलले भुसालको भनाइमा आपत्ति जनाउँदै प्रधानमन्त्रीको गैर जिम्मेवार प्रवृत्तिप्रति खेद व्यक्त गर्नुपर्ने बताए । दुवै पक्षका सांसदहरूबिच भनाभन चलेको छ ।

सांसदहरुबीच भनाभन चलेपछि सबैजना उठेर हिँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर