वडाध्यक्ष प्रत्यक्ष निर्वाचित, सदस्यहरु मनोनीत गर्ने कुरा आएको छ- माधव नेपाल – Nepal Press

वडाध्यक्ष प्रत्यक्ष निर्वाचित, सदस्यहरु मनोनीत गर्ने कुरा आएको छ- माधव नेपाल

बदर मतका कारण काठमाडौं, इटहरी र तुलसीपुरको उपमेयर हार्‍याैं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन प्रणालीमा परिर्वतन आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आइतबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले स्थानीय तहसम्बन्धी कानूनमा संशोधन गर्नेबारे विभिन्न कोणबाट कुराहरु उठिरहेको र आगामी संघीय निर्वाचनपछि त्यसले निकास दिने बताए ।

नेपालले भने, ‘स्थानीय तहमा वडाध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र सदस्यहरु चुनावपछि मनोनीत गर्ने कुरा पनि छलफलमा आएका छन् । मत बदरको संख्या पनि अत्यधिक भयो । चुनावको प्रणालीमै पनि समस्या छन् ।’

नेपालले काठमाडौं महानगरपालिकासहित इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा नेकपा एसका उम्मेदवार बदर मतका कारण हारेको दावीसमेत गरे ।


प्रतिक्रिया

One thought on “वडाध्यक्ष प्रत्यक्ष निर्वाचित, सदस्यहरु मनोनीत गर्ने कुरा आएको छ- माधव नेपाल

  1. वडा अध्यक्ष सहित सम्पूर्ण वडा सदस्य पनि निर्वाचित हुनुपर्छ । अहिलेकै व्यवस्था ठिक छ । बदर मतको संख्या घटाउन निर्वाचन अघि सरकार, राजनीतिक र निर्वाचन आयोगले मतदाता शिक्षामा विशेष जोड दिनुपर्छ । मनोनित सदस्य ल्याउँदा त्यहाँ जनप्रतिनिधि होइन नेताका खल्तीबाट आफ्नो परिवारको नातागोता, आफन्त र दलको विचार बोक्ने र मिलेमतोमा कमाउ धन्दामा लाग्ने कार्यकर्ताको हालीमुहाली हुनेछ । यस्तो प्रवृत्तिलाई बेलैमा रोक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर