राष्ट्रपति भण्डारीको भोजपुरस्थित जन्मघरमा बहुप्राविधिक शिक्षालय बन्दै – Nepal Press

राष्ट्रपति भण्डारीको भोजपुरस्थित जन्मघरमा बहुप्राविधिक शिक्षालय बन्दै

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोजपुरस्थित जन्मघरलाई प्राविधिक शिक्षालय बनाउने भएको छ ।

उनको घरलाई श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय नामबाट बहुप्राविधिक शिक्षालय बनाउन लागिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले जानकारी गराएको हो ।

अहिले भण्डारीको जन्मघर प्रवलीकरण भइरहेको छ र सोही घर नजिकै अर्को नयाँ भवन पनि बनिरहेको सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले नेपालप्रेसलाई जानकारी दिए । उनका अनुसार करिब ९ करोड लागतमा दुईवटा भवन बनाउन लागिएको हो ।

आगामी असोजसम्म सबै संरचना निर्माण भइसक्ने उपाध्यक्ष अधिकारीले बताए । राष्ट्रपति भण्डारीको सल्लाहमा उनको घरलाई समेटेर प्राविधिक शिक्षालय निर्माण गर्ने भएको हो ।

उपाध्यक्ष अधिकारीले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले आफ्नो घरमा पैतृक जमिन छ । त्यसलाई प्राविधिक शिक्षालय बनाउनुपर्यो भनेर हामीलाई अनुरोध गर्नुभयो । त्यसैअनुसार सर्वे गरेर राष्ट्रपतिज्यूको जन्मघरलाई समेत समेट्ने गरी प्राविधिक शिक्षालय निर्माणको काम अघि बढाएका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर