राहुल गान्धीसँग चौथो पटक सोधपुछ, नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको कंग्रेसको आरोप – Nepal Press

राहुल गान्धीसँग चौथो पटक सोधपुछ, नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको कंग्रेसको आरोप

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी)समक्ष उपस्थित हुने भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा राहुल ईडी मुख्यालयमा जानेछन् ।

राहुललाई गत साता तीन पटक सोधपुछ गरिएको थियो । उनलाई चौथो पटक शुक्रबार ईडी बोलाइएको थियो । तर, कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएकी आमा तथा कंग्रेस प्रमुख सोनिया गान्धीलाई भेट्न अस्पताल जानुपर्ने भएपछि राहुलको अनुरोधमा सोमबारका लागि पुनः सोधपुछको मिति तय भएको हो ।

राहुलमाथिको सोधपुछलाई लिएर कंग्रेस नेता तथा कार्यकर्ताहरूले चर्को विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।

यसैबीच आफ्ना नेताविरुद्धको आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर