जनकपुरधामको मेयर हारेका महतो सांसद उठ्ने तयारीसाथ जसपा प्रवेश गर्दै – Nepal Press

जनकपुरधामको मेयर हारेका महतो सांसद उठ्ने तयारीसाथ जसपा प्रवेश गर्दै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा स्वतन्त्रबाट चुनाव लडेर पराजित भएका बलराम महतो जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने भएका छन् ।

जसपाले महतोलाई पार्टीमा भित्र्याउन आज बेलुका जनकपुरको वेलकम होटलमा पार्टी प्रवेश कार्यक्रम राखेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव महतोलाई पार्टीमा प्रवेश गराउन जनकपुरधाम आउँदैछन् ।

अध्यक्ष यादव दिउँसो साढे ४ बजेको फ्लाइटमा काठमाडौंबाट जनकपुरधाम आउने बुझिएको छ ।

जसपाले महतोलाई आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउने सहमति बनेको स्रोतले जनाएको छ । सबैला नगरपालिका घर भएका महतोले धनुषा क्षेत्र नम्बर-२ बाट उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।

तर, धनुषा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले जितेको क्षेत्र हो । गठबन्धन भएपछि सो क्षेत्रबाट पुन: यादव नै उम्मेदवार बन्ने सम्भावना छ ।

महतोलाई जसपाले अन्य क्षेत्रबाट उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको स्रोतले बताएको छ ।

महतो रमण कन्सट्रक्सनका पूर्वमालिक हुन् । उनी मेयरमा चुनाव लड्नुअघि कन्सट्रक्सन छोराको नाममा सारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर