मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश – Nepal Press

मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं ।  सुन्दरी प्रतियोगिताका क्रममा जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुंगानाको इजलासले साे आदेश दिएको हो ।

पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरिएको छ । पाण्डेले यौन दुरुपयोग गरेको लगायत आरोप लगाइ  मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ( १८) को बाल यौन दुरुपयोग गर्न नहुने कसुरमा मिति २०७९/०२/०८ गते उजुरी परेकाे थियाे। पाण्डेले विभिन्न बहानामा होटल तथा विभिन्न स्थानमा बोलाई नशालु पदार्थ पिलाई बेश्याबृत्तिमा लगाउने गरेको लगायत आरोप जाहेरीकर्ताले लगाएकी छन् ।

पीडितले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरमा मिति जेठ ९ गते जाहेरी दिएकी थिइन् । यौन दुर्व्यवहारको मुद्दामा भने उनीसँग एक लाख धरौटी माग गरिएको छ ।

गत जेठमा घटना सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको थियो । हदम्यादका कारण जबरजस्ती करणीमा मुद्दा दर्ता गर्न सम्भव नभएपछि उनी विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लगाइएको थियो ।

उनी जेठ ७ गते स्वयम्भूबाट पक्राउ परेका थिए । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *