कांग्रेसले विदेशमा रहेका नेपालीलाई मताधिकारकाे व्यवस्था गर्न निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने
नेपाल प्रेस
२०७९ असार ७ गते ८:५४
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोग पुगेर विदेशमा रहेका नेपालीलाई मताधिकारकाे व्यवस्था गर्न ध्यानाकर्षण गराउने भएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भाेट हाल्न दिने व्यवस्था गर्न ध्यानाकर्षण गराउने भएको हो ।
आज बिहान ११ बजे प्रमुख आयुक्तलाई भेटेर नेपाली नागरिकको मताधिकारको बारेमा कुरा राख्ने महामन्त्री गगन थापाले बताए ।
यसअघि उनीहरूले हिजो प्रधानमन्त्री देउवालाई पनि सो विषयमा ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया