सांसदको छोरो टपर भएको न्यूज आउँदैन, गाडीले मान्छे मारेको आउँछ : सांसद कार्की – Nepal Press

सांसदको छोरो टपर भएको न्यूज आउँदैन, गाडीले मान्छे मारेको आउँछ : सांसद कार्की

विराटनगर । प्रदेश १ कि सांसद विन्दिया कार्कीले सांसदहरुको सकारात्मक समाचार नआएर नकारात्मकमात्रै आएको दाबी गरेकी छन् ।

विराटनगरको रत्न होटलमा आयोजित एक कार्यक्रममा सांसद कार्कीले गलत कुरामा मात्रै मिडिया र पत्रकारले ध्यान दिएको तर्क गरेकी हुन् ।

उनले भनिन, ‘सांसदको छोरो टपर भएको न्यूज आउँदैन, गाडीले मान्छे मारेको आउँछ ।’

सांसद कार्कीका छोरा रोविन कार्कीले २०७८ जेठ २० गते बिहीबार राति साढे ७ बजे चलाएको प्रदेश ३-०१-००२ च २१३९ नम्बरको कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको निधन भएको थियो ।

अदालतले दोष देखाए पनि कार्कीले अस्पताल बसेर म्याद गुजारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर