आन्तरिक राजनीतिमा खटपट नभएको भए सीमा समस्या टुंगिसकेको हुन्थ्यो : ओली – Nepal Press

आन्तरिक राजनीतिमा खटपट नभएको भए सीमा समस्या टुंगिसकेको हुन्थ्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आन्तरिक राजनीतिक अस्थिरताका कारण सीमासम्बन्धी मुद्दा किनारा लाग्न ढिलो भएको बताएका छन् ।

पूर्वराजदूत समूहको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका भूमिसम्बन्धी समस्या समाधानमा आन्तरिक राजनीतिले पनि अवरोध गरेको बताए ।

‘नेपालको आन्तरिक राजनीतिमा खटपट नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानी वा अन्य सीमा समस्या समाधान भइसकेका हुन्थे । किनभने मैले खुलस्त छलफल गरेको थिएँ’, ओलीले भने ।

सीमाबारे समस्या आपसी संवादका आधार टुंग्याउन नेपाल र भारत दुवै सहमत भएकैले प्रबुद्ध व्यक्तिहरुको समूह बनाइए पनि प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको ओलीले बताए । राष्ट्रिय हितका सन्दर्भमा छिमेकी देश वा अन्तर्राष्ट्रिय समुदायसँग प्रष्ट धारणा र अडान राख्न सक्नुपर्ने ओलीको भनाइ छ ।


प्रतिक्रिया

One thought on “आन्तरिक राजनीतिमा खटपट नभएको भए सीमा समस्या टुंगिसकेको हुन्थ्यो : ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर