मन्त्रिपरिषद्को निर्णयः सिंह सचिवमा बढुवा (सूचीसहित)

२०७९ असार ७ गते १३:१९

काठमाडौं । सरकारले सहसचिव विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् ।
बैठकले सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने पनि निर्णय गरेको छ ।
यस्तै कोहलपुर-सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर