श्रीमतीसहित निर्वाचन आयोग पुगे रवि लामिछाने
नेपाल प्रेस
२०७९ असार ७ गते १४:५९
काठमाडौं । रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।
श्रीमती निकिता पौडेलकासाथमा लामिछाने आयोग पुगेका हुन् ।
उनले आजै राष्ट्रिय सभागृहमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका थिए ।
अहिले आयोगमा सोही पार्टी दर्ता गराउनेछन् । निर्वाचन चिह्न घण्टी माग्ने तयारी उनले गरेका छन् ।
प्रतिक्रिया