उपप्राध्यापक चलाउनेको हत्या प्रयास गर्नेहरूको मुद्दा फिर्ता लिन खोजिएको सांसद बोगटीको दाबी (भिडिओ) – Nepal Press

उपप्राध्यापक चलाउनेको हत्या प्रयास गर्नेहरूको मुद्दा फिर्ता लिन खोजिएको सांसद बोगटीको दाबी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको हत्या प्रयास गर्ने अभियुक्तहरूलाई उन्मुक्ति दिने गरी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालय सक्रिय रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बोगटीले गृह मन्त्रालयको निर्देशन र दबाबमा मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइएको दाबी गरे ।

उनले जिल्ला प्रशासन र प्रहरीलाई दबाब दिएर मुद्दा फिर्ताको प्रक्रिया अघि बढाइएको आरोप लगाए ।

बोगटीले भने– घटनामा संलग्न नेविसंघका कार्यकर्तालाई जोगाउनका कांग्रेस काठमाडौं जिल्ला समिति र नेविसंघ केन्द्रीय समितिको नाममा निवेदन मगाएर उपप्राध्यापक चलाउनेलाई केही भएको छैन,घटना बनावटी हो भन्दै मुद्दा फिर्ताको षडयन्त्र भइरहेको छ । यसमा महान्यायाधिवक्ता आफैँ लागेका छन् । गृहमन्त्रीले यसबारेमा प्रस्ट पार्नुपर्छ ।

२०७७ असोज ३० गते त्रिविमा समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक हमला हुँदा उनी घाइते भएका थिए । चलाउने अहिले बैसाखीको सहारामा हिँड्छन् ।

घटनामा संलग्नहरूलाई जिल्ला उच्च अदालतले सजाय दिए पनि मुद्दा फिर्ताको लागि महान्यायाधिवक्ता कार्यालयबाट कानून मन्त्रालयमा पठाइएको दाबी सांसद बोगटीको छ ।


प्रतिक्रिया

One thought on “उपप्राध्यापक चलाउनेको हत्या प्रयास गर्नेहरूको मुद्दा फिर्ता लिन खोजिएको सांसद बोगटीको दाबी (भिडिओ)

  1. एमाले संलग्न घटना बनावटी होईनन् भन्न त सकिंदैन, तर पनि शंकाको घेरामा एमाले कांग्रेस जो पनि हुन सक्छन्। छानविन होस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर