जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित – Nepal Press

जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

सिमकोट । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।

आजका लागि तोकिएको निर्वाचनका लागि नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

निर्विरोध निर्वाचितले आजै पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्विरोध निर्वाचित नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलु फडेरा रहेका छन् ।

त्यसैगरी, सदस्यहरुमा नेपाली कांग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुर शाही र धिरबहादुर सिंह निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट चुदी जाङ्मुु तामाङ, कर्ण दमाईलगायत विजयी भएका छन् ।

यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर