पोखरामा भूकम्पको धक्का महसुस, लुम्ले केन्द्रविन्दु
नेपाल प्रेस
२०७९ असार ९ गते ७:०८
काठमाडौं । कास्कीको पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ३ बजेर ५७ मा कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।
कास्की आसपासका जिल्लाहरुमा पनि धक्का महसुस भएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खवर