टुकुचाको पानी थापाथलीमा प्रशोधन गरिने, मन्त्री झाँक्रीले गरिन् शिलान्यास – Nepal Press

टुकुचाको पानी थापाथलीमा प्रशोधन गरिने, मन्त्री झाँक्रीले गरिन् शिलान्यास

काठमाडौं । काठमाडौंको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ ।

थापाथलीमा बन्न लागेको पानी प्रशोधन केन्द्रको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्याश गरिन् । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत वागमती सुधार आयोजनाद्वारा एशियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलब ३ एमएलडी प्रशोधन क्षमता रहने बताइएको छ ।

कार्यक्रममा मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान नखोजे भावी पुस्ताले समेत समस्या भोग्न सक्ने बताइन् । ‘फोहोरलाई स्रोतमा वर्गीकरण गरेर लानुपर्नेमा फोहोर व्यवस्थापन गर्नका लागि अतिरिक्त खर्च गनुपर्ने हाम्रो बाध्यता छ’, उनले भनिन् ।

हाल टुकुचा खोलाको जलाधार क्षेत्र ६ दशमलव ८ वर्ग किलोमिटर छ । काठमाडौंको व्यस्त भूभाग भएर बग्ने उक्त खोला अव्यवस्थित शहरीकरणले गर्दा प्रदूषित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *