एमाले झापाका अध्यक्ष दिपक कार्कीको घरमा शंकास्पद वस्तु भेटियो – Nepal Press

एमाले झापाका अध्यक्ष दिपक कार्कीको घरमा शंकास्पद वस्तु भेटियो

झापा । नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको घरमा शंकास्पद वस्तु फेला परेको छ।

शुक्रबार बिहान  साढे ५ बजे घरको मूल गेट नजिक कुकर बम जस्तो देखिने वस्तु भेटिएको कार्कीले बताएका छन्।

झापाको गौरादह नगरपालिका- ३ मा रहेको आफ्नै घरमा शंकास्पद वस्तु भेटिएको र सोको बारेमा सुरक्षा निकायमा खबर गरिसकिएको कार्कीले बताए।

आफू र परिवारका सदस्य घरमै सुरक्षित रहेको उनले जानकारी दिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर