मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै नेकपा एसका १० सांसदद्वारा संसदीय दलको बैठक माग – Nepal Press

मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै नेकपा एसका १० सांसदद्वारा संसदीय दलको बैठक माग

काठमाडौं । मन्त्री हेरफेर गर्ने निर्णयले पार्टीमा खटपट बढिरहेको बेला नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

नेपाललाई ध्यानाकर्षण बुझाउनेमा नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीसहित रहेको बताइएको छ । पार्टीले आफूहरूलाई मन्त्रीबाट फिर्ता गर्न गरेको निर्णयमा उनीहरूले ५ सर्त अघि सारेका थिए । त्यही असन्तुष्टिस्वरूप संसदीय दलको बैठक बोलाउन ध्यानाकर्षण गराइएको स्रोतले जनाएको छ ।

ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्री फेर्ने निर्णय अस्वाभाविक भएको बताइएको छ ।

संसदीय दलको बैठक माग गर्दै लिखित निवेदनमा दिनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ छन् ।

त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।

ध्यानाकर्षणपत्रमा मन्त्रीहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै गुनासो गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर