नेकपा एकता राष्ट्रिय अभियानको भेलामा केशवलाल श्रेष्ठदेखि बामदेवपत्नी तुलसासम्म (तस्बिरहरु) – Nepal Press

नेकपा एकता राष्ट्रिय अभियानको भेलामा केशवलाल श्रेष्ठदेखि बामदेवपत्नी तुलसासम्म (तस्बिरहरु)

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेला बोलाए। नेकपा विभाजनपछि झण्डै एक वर्षअघि पहिलो भेला गरेका गौतमले आगामी असार ११ गते दोस्रो भेला बेलाएका हुन् ।

राष्ट्रियसभा सदस्य वामदेव गौतमले शनिबार आयोजित दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा पुनर्गठन गर्ने राजनैतिक प्रस्तावसहितको सूत्र प्रस्तुत गरे ।

उनले प्रस्तुत गरेको राजनैतिक प्रस्तावमा फेरी एमाले माओवादी र नेकपा एकीकृत समाजवादी एक हुनु पर्ने औँल्याएका थिए ।

२०७५ जेठ ३ गते एकता भएर २०७८ भदौमा विभाजन भएका नेकपा विभाजनको कारण पनि उनले प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।

गौतमको दोश्रो राष्ट्रिय भेलामा नेकपा एसको केन्द्रीय उपाध्यक्ष र पूर्वमन्त्री केशव लाल श्रेष्ठ पनि पुगेका थिए । साथै भेलामा बामदेव तुलसा थापा पनि सहभागी भएकी थिइन् ।

तस्बिर उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर