नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरू, चार मन्त्री अनुपस्थित
नेपाल प्रेस
२०७९ असार ११ गते १३:०६
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम साढे १२ बजेदेखि बैठक सुरू भएको हो ।
बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री भने अनुपस्थित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले अनुपस्थित छन् ।
नेकपा एसको सचिवालय बैठकले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरू असन्तुष्ट छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर