कमल थापाको प्रस्ताव- स्थानीय तह बलियो बनाउँ, प्रदेश खारेज गरौँ – Nepal Press

कमल थापाको प्रस्ताव- स्थानीय तह बलियो बनाउँ, प्रदेश खारेज गरौँ

कैलाली । प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गर्न आवश्यक रहेको औँल्याएका छन् ।

शनिवार धनगढीमा पुगेर थापाले अहिलेको संघीय संरचना अनुपयुक्त रहेको टिप्पणी गरेका हुन् ।

‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ वृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थापाले संघीय र स्थानीय सरकारलाई बलियो बनाउनु पर्ने र प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका हुन् ।

‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’, उनले भने, ‘संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिनु पर्छ ।

मुलुकमा दुई तहको सरकार मात्र रहे संघीयता संस्थागत हुनेमा उनले विश्वास व्यक्त गरेका थिए ।

थापाले अब कुनै पनि पार्टीसँग आफू एकता नगर्ने दाबी गरे। राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रूपमा स्थापना भएको उनको दाबी थियो ।

उनले पार्टीभित्रको गलत वैचारिक प्रवृत्ति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए ।

उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने पनि दाबी समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर