विवादबीच क्रान्तिकारीले बनायो १७ वटा विभाग, क-कसलाई दिइयो जिम्मेवारी (सूचीसहित) – Nepal Press

विवादबीच क्रान्तिकारीले बनायो १७ वटा विभाग, क-कसलाई दिइयो जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले २७ वटा विभाग गठन गरेको छ । असार ५ गते बसेको संगठनको तेस्रो बैठकले विभाग गठन गरेको जनाइएको छ ।

सबै विभागका प्रमुख–उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनका अनुसार विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ ।

जसमा सबैभन्दा महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दीपेश पुनले पाएका छन् । उपप्रमुखमा मदन लिम्बू र माधव थपलिया तथा सचिवमा रोशन थापामगर रहेका छन् ।

यस्तै अर्को महत्वपूर्ण आर्थिक विभागको जिम्मेवारी भने केन्द्रीय कार्यालयलाई नै दिइएको छ ।

नेतृत्व चयनप्रति असन्तुष्ट पवन कार्कीको समूहले बैठक हलमा विधि विधान लागू गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको थियो ।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट समूहले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्दै विशेष महाधिवेशनको समेत माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर