योगेश भट्टराईको प्रश्न- दरबार हाईस्कुलमै पाठ्यपुस्तक छैन, अन्यत्र के होला ? – Nepal Press

योगेश भट्टराईको प्रश्न- दरबार हाईस्कुलमै पाठ्यपुस्तक छैन, अन्यत्र के होला ?

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले राजधानीको मुटुमै रहेको दरबार हाईस्कुलमै पाठ्यपुस्तक अभाव रहेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले देशभरका विद्यालयले पाठ्यपुस्तक अभाव झेलिरहेको भन्दै यस्तो बताएका हुन् ।

‘शैक्षिक सत्रको एक महिना १३ दिन बित्यो । माध्यमिक तहमा अध्ययनरत ८० लाख विद्यार्थीमध्ये ७५ प्रतिशत सामुदायिक विद्यालयका विद्यार्थीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्’, उनले भने, ‘१ देखि ३ को पाठ्यपुस्तक निजी क्षेत्रलाई जिम्मा दिएकोमा उसले आपूर्ति गरिसक्यो । माध्यमिक तहको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले के गरिरहेको छ ?’

सांसद भट्टराईले आफ्नो जिल्ला ताप्लेजुङदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा, शिक्षामन्त्री देवेन्द्र पौडेलको जिल्ला बागलुङदेखि राजधानी काठमाडौंसम्मका सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक अभाव झेलिरहेको बताए ।

‘मैले बुझ्दा राजधानीको मुटुमा रहेको दरबार हाईस्कुलमा पनि ३० प्रतिशत पुस्तकको अभाव छ’, उनले भने ।

बागमती प्रदेशका १३ जिल्लाको आफूले अध्ययन गर्दा झण्डै ३५/४० प्रतिशत नपुगेको उनले बताए । उनले भने, ‘जहाँ ढुवानी असहज छैन भने कर्णालीको अवस्था के होला ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर