प्रेम आलेको राजीनामा माधव नेपालको गोजीमा – Nepal Press

प्रेम आलेको राजीनामा माधव नेपालको गोजीमा

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

आलेले हिजो बसेको पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

त्यसैबमोजिम अध्यक्षसमक्ष उनको राजीनामा आएको पार्टीका नेता सोमप्रसाद पाण्डेले बताए । आलेको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको छैन ।

यसअघि आलेसहित नेकपा एसका १० सांसदले पार्टीले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकोमा असहमति जनाउँदै ध्यानाकर्षण पत्र लेखेका थिए ।

उनीहरूले पार्टीको संसदीय दल बैठक बोलाउन पनि माग गरेका थिए । तर, आलेसहित ६ जनाले उक्त पत्रबाट नाम फिर्ता लिइसकेका छन् ।

नेकपा एसका तीन मन्त्री भने अहिले पनि पद जोगाउन दौडधुपमै छन् ।

आज एक कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीहरुले पदबाट दिएको राजीनामा आफूले गोजीमा बोकेर हिँडिरहेको बताएका थिए । राजीनामा दिनेहरुकाे नाम उनले खुलाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर