चट्याङ लागेर कैलाली र कञ्चनपुरमा एकैदिन चार जनाको मृत्यु
नेपाल प्रेस
२०७९ असार १४ गते ११:११
कैलाली । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर एकैदिन चार जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय कैलालीको कैलारी गाउँपालिका १ रानापुरमा एक जनाको मृत्यु भएको छ ।
स्थानीय ५६ वर्षीया सुगपंखीदेवी चौधरीको खेतमा रोपाइँ गर्दा चट्याङ लागेर मृत्यु भएको हो ।
यसअघि कञ्चनपुर पुनर्वास नगरपालिका– ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ, वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापा र कैलाली गोदावरी नगरपालिका– ३ मालाखेतीका पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर