यस्तो छ वामदेव गौतमको पार्टीको ‘हेडक्वाटर’ (भिडिओ) – Nepal Press

यस्तो छ वामदेव गौतमको पार्टीको ‘हेडक्वाटर’ (भिडिओ)

'मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन्'

काठमाडौं । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् ।

काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो ।

सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए ।

उनकाअनुसार पार्टी बहु पदीय प्रणाली रहनेछ । केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशको इन्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्ने गरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।

यस्तै गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणम भएको बताएका छन् ।

उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन् तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन् । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ ।’

कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *