न्यू डायमन्ड कप महिला भलिबलमा एपीएफ र पुलिसको लगातार दोस्रो जित – Nepal Press

न्यू डायमन्ड कप महिला भलिबलमा एपीएफ र पुलिसको लगातार दोस्रो जित

काठमाडौं। विभागीय टिम नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा बुधवार सम्पन्न खेलमा एपीएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकाले ।

एपीएफले न्यु डायमन्डलाई २५–१२, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्‍यो । दिनको दोस्रो खेलमा पुलिसले परोपकारलाई २५–६, २५–६ र २५–११ ले सहज रूपमा हरायो ।

लगातार दोस्रो जितसँगै समान ६ अंक जोडेको एपीएफ र पुलिस राउन्ड रोविन लिगको एक खेल बाँकी छँदै फाइनल पुगेका छन्। पुलिस र एपीएफ शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

डायमन्ड र परोपकारले अंकको खाता खोल्न सकेका छैनन् । शीर्ष दुई टोलीले उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन् ।

शनिवार नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख, दोस्रो हुनेले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार तथा चौथो हुनेले ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र अन्य विधागत उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर