शेखर कोइराला पक्षको भेलामा मन्त्री बडू पनि, अरु को को पुगे ? (तस्बिरहरू) – Nepal Press

शेखर कोइराला पक्षको भेलामा मन्त्री बडू पनि, अरु को को पुगे ? (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा छुट्टै भेला डाकेको छ ।

आगामी चुनावको तयारी, भ्रातृ संस्था गठन तथा विस्तार, विधान कार्यान्वयन गराउन संस्थापन पक्षलाई दबाब दिन छलफलका लागि भेला गरिएको बताइएको छ । आगामी चुनावमा गठबन्धनको भागबण्डा कसरी गर्ने भन्नेबारेमा समेत पार्टीमा छलफल हुनुपर्ने शेखर समूहको माग छ ।

यीनै विषयमा केन्द्रित रहनेगरी भेला डाकिएको सो पक्षका नेताहरूले जनाएका छन् । अपरान्हः ३ बजेका लागि बोलाइएको भेला नेताहरू जम्मा हुन ढिला भएका कारण अझै सुरू भइसकेको छैन ।

कार्यक्रमस्थलमा अहिलेसम्म नेता कोइराला, पूर्वसहमहामन्त्री डा. रामशरण महत, सांसद सञ्जय गौतमलगायतका नेताहरू जम्मा भइसकेका छन् ।

शेखर समूहको अघिल्ला भेलामा नगएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू भने आज देखिएका छन् ।

भेलामा शेखर समूहका पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरूलाई समेत सहभागी गराइँदैछ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर