प्रहरीमा लेखापालको कार्यअवधि बढाइयो – Nepal Press

प्रहरीमा लेखापालको कार्यअवधि बढाइयो

काठमाडौं । नेपाल प्रहरीमा लेखापालले अब ८ वर्ष काम गर्न पाउने भएका छन् । प्रहरीको पीसीसी बैठकले कार्यविधि संशोधन गर्दै ६ बाट ८ वर्ष पुर्‍याएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले कार्यविधि संशोधनको निर्ण आईजीपीबाट स्वीकृत हुन बाँकी रहेको बताए । प्रहरीका बजेट चल्ने युनिटहरूमा लेखापालको दरबन्दी रहने गरेको छ । देशभरका ४ सय ३७ प्रहरी युनिटहरूमा लेखापाल खटिन्छन् ।

ती युनिटहरूलाई क, ख, ग र घ गरी चार समूहमा बाँडिएको छ । वर्गअनुसार असईदेखि इन्सपेक्टरसम्मकालाई लेखापालका रूपमा खटाइन्छ । एउटा युनिटमा भने २ वर्षभन्दा बढी बस्न नपाइने व्यवस्था छ ।

नेपाल प्रहरीमा लेखापालको जिम्मेवारी आकर्षकरूपमा रहेको छ । उनीहरूको सरुवमा शक्ति केन्द्रहरुको समेत रुची देखिने गरेको छ । हाल करिब २ सय प्रहरी लेखापालका रूपमा काम गर्न पालो कुरेर बसिरहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *