राजनीतिमा रवि: कुन थाँक्रोको आड ?
रवि लामिछानेले पार्टी खोले, उनको राजनीतिक यात्राको सुरुवातप्रति मिश्रित प्रतिक्रिया आएका छन् । कतिले शुभकामना दिए भने कतिले आलोचना पनि गरे । आलोचना गरिहाल्ने वेला भैसक्यो या अलि कुर्नपर्ने हो, त्यसबारे निक्र्याेल नगरौं । तर पनि प्रश्न उठ्छ, के पत्रकारिताबाट एक्लै यत्रो ठूलो कदम चाल्नु सजिलो छ वा उनको पछाडि कोही वा कुनै संस्था छ भन्ने प्रश्न चाहिँ उठाउन सकिन्छ ।
राजनीतिक पार्टी खोल्न र पार्टीको नेतृत्व गर्न सजिलो छैन । यो त उनले बुझेकै होलान् । पैसा आउने बाटा पनि त तय गर्नुपर्छ । पत्रकारितामा छँदा अरुलाई ठाडै हकार्ने र थर्काउने गरेका रवि अब कुनै पत्रकारले फोन गर्दा वा भेटौं भन्ने समय मिलाउँदा आफैं तर्सिनुपर्ने वा लुरुक्क बन्नुपर्ने ठाउँमा पुगेका छन् । भनिन्छ, यदि हामीले अरुलाई चोरऔंला देखायौं भने अरु तीनवटा हामी आफैंतिर सोझिएको हुन्छ ।
उनको खासै राजनैतिक पृष्ठभूमि छैन । पत्रकारिताकै कुरा गर्ने हो भने पनि उनले प्रश्न सोध्ने र कुराकानीका क्रममा दम्भसाथ कुनै आदरबिना अरुलाई हकार्ने शैली अपनाउ । सामान्यतया मानिस कुनै विवादमा नमुछिइकन चर्चामा आउन कठिन हुन्छ । उनले पनि त्यही बाटो रोजेका हुन् । उनको अमेरिकाको बसाइ, त्यसपछि नेपाल अनि उनको पत्रकारिता यी सबैलाई एक ठाँउमा मिसाउने हो भने सलाद बन्छ । उनको जीवन सलाद जस्तै भैसकेको छ । त्यसमाथि अहिले एउटा अर्काे तत्व थपेका छन् सलादमा ।
उनले पत्रकारिता गर्ने क्रममा को–कोसँग र कहाँ–कहाँ सम्पर्क अर्थात कनेक्शन मिलाएका छन् र अनिमात्र पार्टी खोलेका हुन् ? त्यो न उनका समर्थकलाई थाहा छ न त उनका आलोचकहरुलाई नै ।
उनले पत्रकारिता गर्ने क्रममा को–कोसँग र कहाँ–कहाँ सम्पर्क अर्थात कनेक्सन मिलाएका छन् र पार्टी खोलेका हुन् ? त्यो न उनका समर्थकलाई थाहा छ न त उनका आलोचकहरुलाई नै । अहिलेसम्म आएका आलोचना वा समर्थन सबै सतही छन् । मैले किन समर्थन गर्ने र मैले किन आलोचना गर्ने भन्ने तथ्य चाहिँ कसैले दिन सकेको छैन ।
काठमाडौंको मेयर र अन्य कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएकाले रवि हौसिएका हुन् भन्ने पनि कति थिए । केही पत्रकारले पनि त्यसरी नै लेखे । यदि त्यसो हो भने रविले आफ्नो यात्राको बाटो बिराइसके । होइन यदि उनले कुनै पश्चिमा शक्तिको इसारामा यो कदम उठाएका हुन् भने पनि उनी राजनीतिबाट मात्र होइन आफ्नो जीवनबाट पनि हारिसके । किनभने पश्चिमाहरुसँगको कनेक्सन अर्थात उनीहरुको भरिया भएका धेरैको बेहाल भएको हामीले देखेका छौं । टाढा जानुपर्दैन, नेपालमै हेरे हुन्छ ।
तेस्रो विकल्प, यदि उनले रवीन्द्र मिश्रले जस्तै राजतन्त्रको एजेण्डा लिए भने पनि उनले हारे । यदि राजतन्त्रको एजेण्डा लिनु थियो भने सीधै राप्रपामा गएको भए हुने थियो ।
नेकपा एमालेले उनलाई पार्टीमा आउन अफर गर्याे रे भन्ने सुन्दा मलाई चाहिँ अचम्म लागेको थियो । किनभने कुनै राजनैतिक सिद्धान्तविनाका उरन्ठेउला पत्रकारलाई पार्टीभित्र भित्र्याएर के गर्न खोजेका हुन् भन्ने प्रश्न उब्जिएको थियो । त्यो प्रश्नको उत्तर खोज्नै परेन ।
उनले कुनै पश्चिमा शक्तिको इसारामा यो कदम उठाएका हुन् भने पनि उनी राजनीतिबाट मात्र होइन आफ्नो जीवनबाट पनि हारिसके । किनभने पश्चिमाहरुसँगको कनेक्शन अर्थात उनीहरुको भरिया भएका धेरैको बेहाल भएको हामीले देखेका छौं ।
रवि उरन्ठेउलो प्रकारको मान्छे भएकाले पहिलो हल्लाप्रति चाहिँ म विश्वसनीय थिइनँ । तेस्रोमा मेरो शंका थियो । तर, त्यो पनि होइन रहेछ । त्यसैले बाध्य भएर भन्नैपर्ने के हो भने उनले दोस्रो विकल्प रोजे होलान् । पत्रकारिताबाट टाइँफाइँ देखाएका रविलाई पश्चिमेलीहरुले नै समातेको हुनुपर्छ भन्ने मेरो अनुमान छ । किनभने एउटा कुनै बलियो शक्तिको आडविना यति ठूलो टाइँफाइँ देखाउन सकिँदैन । सायद पश्चिमेलीहरुले उनीहरुको चाहना अहिलेका विद्यमान नेताहरुले पूरा गर्न नसकेका कारणले नेपालमा जेलेन्स्की उत्पादन गर्न खोजेको कुरालाई नकार्न पनि मिल्दैन ।
हेरौं, युक्रेनको स्वाभीमानमाथि कसरी धक्का लागेको थियो । सन् २०१९ मा युक्रेनमा राष्ट्रपतिको चुनाव हुने भएपछि अमेरिकाले कमेडियन जेलेन्स्कीलाई उठायो । युक्रेनमा भएको राष्ट्रपतिको निर्वाचनमा अमेरिकाले पेट्रो पोरोसेन्कोलाई हराई आफ्नो लबीका कमेडियन अर्थात हाँस्य कलाकार, कतिपय फिल्ममा भिलेन त कतिपय फिल्ममा हिरोको रुपमा खेल्ने कलाकार भोलोडिमेर जेलेन्स्कीलाई राष्ट्रपतिको पदमा चुनाव जिताए । भोलोडिमेर जेलेन्स्कीले रसिया र युरोपियन युनियन दुई छिमेकीसँग समान व्यवहार गर्ने नीतितिर नलागी अमेरिकाको कठपुतली बने । यो कुरा रसियालाई सह्य थिएन । यसै त युरेसियाको कारणले पनि चूर भएका पुटिनले मौका खोजिरहेका थिए । युक्रेनले यसपालि नेटो सदस्यको लागि हालेको दरखास्त पर्फेक्ट कारण बन्यो । यदि जेलेन्स्कीले चाहेको भए यो युद्ध हुने थिएन । किनभने यो युद्धमा रसियालाई जति नोक्सान भएको छ, त्यति नोक्सान युक्रेनमा भएको छैन ।
युक्रेनका राष्ट्रपतिले अमेरिकाको दबाबमा युक्रेनले नेटोसँग सदस्यताको निम्ति दरखास्त हाल्यो । युक्रेन नेटोको सदस्य राष्ट्र भएपछि मात्र अमेरिका खुलारुपमा युक्रेनभित्र पस्न सक्थ्यो र नेटोलाई पनि अमेरिकाले सदस्यता दिने निर्णय गराउन दबाब दिन थाल्यो । अमेरिकाको युक्रेनभित्र पस्ने यो योजना थाहा पाएको रुसले बेलारुसको सीमा हुँदै युक्रेनको सीमामा आफ्ना सैनिक तैनाथ ग¥यो र भन्यो । युक्रेनलाई नेटोको सदस्यता नदेउ र हामीबीच भएको चौतर्फी सम्झौताको पालना गर । युरोपियन युनियन यो कुरामा लचिलो थियो । तर, अमेरिका, नेटो र युक्रेनले मानेनन् । युक्रेनले मान्नु वा नमान्नुको कुनै अर्थ थिएन अर्थ त के थियो भने युक्रेन त मदारीले नचाउने बाँदर जस्तो भैसकेको थियो । यही बुझेर सुरुसुरुमा जर्मनी र फ्रान्सले युक्रेनलाई यो युद्धका निम्ति प्रयोग गर्न हातहतियार नदिने निर्णयसम्म गरे ।
हो, नेपालमा केजरीवालको खाँचो छ । तर, नेपालमा बन्ने केजरीवालले नेपाल र नेपालीका लागि राजनीति गर्नुपर्नेछ ।
पत्रकारिताबाट टाइँफाइँ देखाएका रविलाई पश्चिमेलीहरुले नै समातेको हुनुपर्छ । किनभने एउटा कुनै बलियो शक्तिको आडविना यति ठूलो टाइँफाइँ देखाउन सकिँदैन । त्यसो त उनको च्यारिटीको लागि भनेर लिएको लाखौंलाख रुपैयाँको फेहरिस्त आउन थालेको छ ।
यता रवि लामिछानेले पर्फेक्ट समयमा पार्टी खोलेका छन्, मुलुकभर एमसीसी र एसपीपीको बहस भएको वेला । के यो कागताली हो ? हो, नेपालमा केन्जरीवालको खाँचो छ । तर, नेपालमा बन्ने केन्जरीवालले नेपाल र नेपालीका लागि राजनीति गर्नुपर्नेछ । तीन दशकदेखि नफेरिएको नेपाली राजनीतिमा नयाँ अनुहार आउनु राम्रो कुरा हो । यो आवश्यक पनि छ । यदि रविले नेपाल र नेपालीको खाँचो बुझेर राजनीतिमा होमिएका हुन् भने उनले हर तह र तप्काबाट समर्थन र सहयोग पाउनुपर्छ ।
आशा गरौं यो कागताली बनोस् र रविले आफ्नो पार्टीको प्रष्ट गन्तव्य, कार्यनीति र रणनीति तय गर्नेछन् । रवि लामिछाने भारत, चीन वा अमेरिकाको मदारी हुने छैनन् । आफ्नो पार्टी नेपाल र नेपालीका लागि हो भन्ने कुराको विश्वास दिलाउनेछन् । यदि उनी यस कुरामा चुके र विदेशीको मदारी बनेको संकेत देखियो भने नेपाली जनता बेलैमा चनाखो हुनुपर्ने हुन्छ । यदि उनले सत्तामा पुग्न यो बाटो रोजेका हुन् भने उनलाई समयले माफी दिनेछैन र विदेशी दबाबलाई सहन नसकेर प्रचण्डले जस्तै कहिले म आत्महत्या गर्छु वा कहिले मेरी छोरीले हारी भने मुलुकमा दुर्घटना हुन्छ भन्दै बर्बराउनुपर्ने हुनेछ ।
राजनैतिक सिद्धान्त, व्यवहार र दृष्टान्त नबुझेको भए पनि नेपालका राजनीतिक पार्टीलाई थाँक्रो नभै नहुने कुरा रविले राम्रोसँग बुझेका छन् । यस अर्थमा उनी कुनै थाँक्रोको आडविना हौसिएका हुन् भन्ने कुरामा कसैले शंका नगरे हुन्छ । नेपालका राजनीतिक पार्टीहरुका थाँक्राहरु भनेका अमेरिका, युरोपियन युनियन, भारत, चीन हुन् ।
रविले वा म जस्ताले बुझेको के हो भने नेपालका राजनीतिक पार्टीहरु भनेको बारीमा उमारिने तरकारीका लहरा जस्तै हुन् । जसरी लहरा चाहे करेलाको होस् वा सिमीको वा लौकाकै किन नहोस्, लहरा झ्याँक्रो (कुनै कुनै ठाँउमा थाँक्रो) पनि भन्ने गरिन्छ, विना हुर्कन सक्तैन र फल्न सक्तैन । त्यसरी नै नेपालका राजनैतिक पार्टीहरुले दुर्भाग्य थाँक्रोको आड लिने गरेका छन् । राजनैतिक सिद्धान्त, व्यवहार र दृष्टान्त नबुझेको भए पनि नेपालका राजनीतिक पार्टीलाई थाँक्रो नभै नहुने कुरा रविले राम्रोसँग बुझेका छन् । यस अर्थमा उनी कुनै थाँक्रोको आडविना हौसिएका होइनन् भन्ने कुरामा कसैले शंका नगरे हुन्छ ।
नेपालका राजनीतिक पार्टीहरुका थाँक्राहरु भनेका अमेरिका, युरोपियन युनियन, भारत, चीन हुन् । यिनीहरुभित्र पनि धेरैथरि छन् । कोही नेपालमा ब्रह्मलुट गराउने छन्, कोही नेपाललाई आफ्नो कब्जामा लिएर नेपालको छिमेकमा हान्न चाहने छन् । कोही नेपाललाई आफ्नो सुरक्षा निम्ति प्रयोग गर्न चाहने छन् भने कोही हाम्रो धर्म र संस्कृति नष्ट गरेर बाइबल हातमा थमाउन र अरु सबै कुरा लुट्न चाहने छन् । आदि आदि । रविले यी सबै कुरा बुझेका छन् र बुझेर पनि स्थापित पार्टीहरुमा नगई आफ्नो पार्टी खोल्छन् भने दुर्भाग्य उनी कुनै एउटा झ्याँक्रोको चंगुलभित्र परिसकेका हुन सक्छन् ।
यो यथर्थ हो कि नेपाल मा कोही कसैले पनि पार्टी गथन गर्छ भने कही कसैको शयोग नभै गर्न सक्दैन । अझ रबी लामिछने यो आत सन्खास्पर्द छ । यसैले त मलाई शशी सर्को लेख मन पर्छ । किन कि उहाका तर्क पत्यार लाग्दो र तत्थे सहित हुन्छन ।
यो रिस्क लिनु भन्दा बरु सबैले नेपालको अर्गानिक पार्टी रा प्र पा लाई नै भोट हालौ।
Yo bislesan …ek saun ma aankha phuteko goruko mano dasha ho. Sahi bislesan ma sabai angle bata bara bari ma herinu parxa hola tathya ko sath ma na ki andaaj …