तस्बिरमा काठमाडौंको जगन्नाथ रथयात्रा
काठमाडौं । सुन्धारास्थित प्राचिन जगन्नाथ मन्दिर अगाडिबाट ऐतिहासिक जगन्नाथ रथयात्रा सुरू गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले ३७औं रथयात्रा महामहोत्सवको आयोजना गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाआरती गरेर रथयात्राको शुभारम्भ गरिन् । उक्त रथयात्रा मन्दिरबाट सुरू भएर टुँडिखेलमा समापन गरिनेछ ।
इस्कोन नेपालका प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न रथयात्राको आयोजना गरिएको बताए । सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्राले सहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
आयोजकका अनुसार हिन्दू सनातन धर्मावलम्बीहरूको पवित्र महोत्सव जगन्नाथ रथयात्रा परापूर्वकालदेखि नै सञ्चालन गरिँदै आएको छ ।
यस वर्षको महोत्सवमा अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु साथै नेपालका विशिष्ट व्यक्ति सहभागी छन् ।