पौडी खेल्दा बेपत्ता बालकको शव दुई दिनपछि फेला
नेपाल प्रेस
२०७९ असार १७ गते १३:०५
काठमाडौं । कैलालीको कैलारी गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता ११ वर्षीय बालकको शव दुई दिनपछि भेटिएको छ ।
धनगढी उपमहानगरपालिका– १९ स्थायी घर भएका निखिल विक मामाघर गएका बेला पौडी खेल्ने क्रममा असार १५ गते बेपत्ता भएका थिए ।
हराएको ठाउँभन्दा करिब ८०० मिटर पर गौकन्द्री खोला किनारमा बालकको शव भेटिएको कैलाली प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर