माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भारतीय राजदूत श्रीवास्तव
नेपाल प्रेस
२०७९ असार १८ गते २०:१९
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको निवास पुगेका छन्
अध्यक्ष नेपाललाई भेट्न उनी शनिवार साँझ कोटेश्वर पुगेका हुन् ।
भेटमा नेपाल भारत सम्बन्ध र अहिले व्याप्त समस्या लगायतका विषयमा कुराकानी भएको छ ।
अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।
प्रतिक्रिया