पहाडी माओवादीको केन्द्रीय सदस्यमा मनोनित
रुपन्देही । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रुपन्देहीका विनोद पहाडी मनोनित भएका छन् । लामो समयदेखि पत्रकारितामा सक्रिय पहाडीलाई माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
अहिले केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत रहेका पहाडी २०६४ सालमा संविधानसभा सदस्य भएका थिए । पहाडीसँगै केन्द्रीय सदस्यमा गोविन्द केसी र मुस्लिम मुक्ति मोर्चाका मक्सुदअलि मनोनित भएका छन् ।
राष्ट्रिय दलित पत्रकार महासंघको केन्द्रीय अध्यक्ष रहेका पहाडी रुपन्देहीको क्षेत्र नं २ बाट संघीय निर्वाचनको तयारीमा लागेका बेला पार्टीले केन्द्रीय कमिटीमा पुराएको हो
अध्यक्ष प्रचण्डसँग निकटस्थ रहेका उनी दलिहरुले संचालन गरेको रेडियो जागरणको ०६४ सालदेखि नेतृत्व गर्दै आएका छन् ।