हुन्डी कारोबारमा संलग्न पौडेलमाथि करिब साढे ८ करोड बिगो माग
नेपाल प्रेस
२०७९ असार २० गते १६:४३
काठमाडौं । हुन्डी कारोबारीको आरोप लगाउँदै राजस्व अनुसन्धान विभागले एक व्यक्तिविरुद्ध करिब साढे ८ करोड रुपैयाँ बिगो माग गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
पर्वतको कुस्मा स्थायी घर भई काठमाडौं महानगरपालिका-२२ सामाखुसी बस्दै आएका गणेश पौडेलविरुद्ध ८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ बिगो माग गरिएको छ ।
विभागका अनुसार पौडेलले विदेशमा आर्जन गरेको पैसा नेपाल नभित्र्याई दिनुपर्ने मान्छेलाई नेपालबाटै दिएको भन्दै विदेशी विनिमय अपचलनको आरोप लगाइएको छ ।
प्रतिक्रिया