फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य अनुसार प्रतिलिटर कति ? – Nepal Press

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य अनुसार प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसभन्दा अगाडि मूल्य वृद्धि चर्काे विरोध हुँदा मूल्य घटाएको निगमले पुनः फेरि मूल्य वृद्धि गरेको हो ।

आज राति १२ः०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यको पेट्रोलमा प्रति लिटर २ रुपैयाँ , डिजेल/मट्टितेलमा प्रति लिटर ९ रुपैयाँ मूल्य वृद्धि भएको हो । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

रसिया – युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका माझ पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट तारिख १ जुलाई,२०२२ (असार १७,२०७९) मा प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने देखिएको निगमले बताएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र , डिजेल÷मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ । भने, हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर