नक्कली नोट बोकेर काठमाडौं छिर्दै गरेका दुईजना फर्पिङबाट पक्राउ
नेपाल प्रेस
२०७९ असार २१ गते १७:०९
काठमाडौं । काठमाडौं प्रवेश गर्ने फर्पिङ चेक प्वाइन्टबाट २७ हजार नक्कली रूपैयाँसहित दुईजना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरीका अनुसार बरामद नोट सबै एक हजार दरका छन् । पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिकाका २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गंगाकुमार यादव छन् ।
ना. ३४ प ५५७० नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले खानतलासी लिँदा नक्कली पैसा बरामद भएको थियो । दुईजनामाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया