मुकुन्द रिजालको लोकप्रिय प्रस्ताव : जनप्रतिनिधिको सुविधा काटौँ, हाम्रो गाडी-मोबाइल फिर्ता लिइयोस् (भिडिओ) – Nepal Press

मुकुन्द रिजालको लोकप्रिय प्रस्ताव : जनप्रतिनिधिको सुविधा काटौँ, हाम्रो गाडी-मोबाइल फिर्ता लिइयोस् (भिडिओ)

काठमाडौं । काठमाडौंका भाइरल वडाध्यक्ष मुकुन्द रिजालले आजको नगरसभा बैठकमा लोकप्रिय कुरा गरेका छन् । उनले जनप्रतिनिधिहरूको तलब–सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरे ।

केही वडाध्यक्षले जनप्रतिनिधहरुलाई औपचारिक पोशाक र लोगोको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । औपचारिक पोशाक नलगाउँदा जनताले काठमाडौंका जनप्रतिनिधिलाई चिन्न नसकेको उनीहरुको गुनासो थियो । १६ नम्बरका वडाध्यक्ष रिजालले भने फरक विचार राखे । उनले जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधाभन्दा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

रिजालले भने, ‘हामी लोकसेवा लडेर जागिर खान आएका होइनौँ । आफ्नो इच्छाले जनताको सेवा गर्न आएका हौँ । त्यसैले हामीलाई कुनै तलब–सुविधा चाहिँदैन । हाम्रो सुविधा काटेर लोकसेवा लडेर आएका कर्मचारीको सुविधा वृद्धि गर्दा राम्रो हुन्छ ।’

उनले जनप्रतिनिधिको तलब–भत्तामा मासिक ५५/६० लाख खर्च हुने उल्लेख गरे । त्यो काटिएको खण्डमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने हिसाब उनले सुनाए । यो रकमबाट महत्त्वपूर्ण विकास आयोजना सम्पन्न हुन सक्ने उनको भनाइ छ

रिजालले थपे, ‘हामीलाई लोगो, पोसाक, जुत्ता महानगरबाट चाहिएको छैन । यदि ड्रेस चाहिने हो भने त्यो हामीलाई तोकिदिनुस्, हामी त्यो लुगा आफैँले व्यवस्था गर्न सक्छौँ । महानगरले दिनु पर्दैन । हामी महानगरबाट लिन आएका होइनौँ, जनतालाई दिन आएका हौँ । हामीसँग भएको गाडी, घोडा, मोबाइल सबै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु ।


प्रतिक्रिया

2 thoughts on “मुकुन्द रिजालको लोकप्रिय प्रस्ताव : जनप्रतिनिधिको सुविधा काटौँ, हाम्रो गाडी-मोबाइल फिर्ता लिइयोस् (भिडिओ)

  1. अतिराम्राे प्रकृया आयाे यसै यस्तै अन्य अध्यक्ष बाट आयपार राम्रो हुन्थाे कि सबै काे कुरा सुनाैन ३२ बटै वडाका प्रतिनिधि बाट है

  2. Thank you for your very wise proposal. We now need like you to help the Nation. Thank you Mukanda
    Rijal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *